७ कार्तिक २०८३, शनिबार

ब्राउण्ड सुगरसहित धरानबाट दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dahran– सन्तोष काफ्ले
धरान, ११ असार । लागु औषध ब्राउण्डसुगर कारोबारमा संलग्न दुई जनालाई प्रहरीले धरानबाट ब्राउण्ड सुगर सहित  पक्राउ गरेको छ ।

१४.५ ग्राम ब्राउण्डसुगर सहित धरान ४ लक्ष्मी चोकबाट पक्राउ परेका दुवै जनालाई शुक्रबार इलाका प्रहरी कार्यालय धरानले सार्वजनिक गरेको छ । बिहिवार ब्राउण्ड सुगर बोकेर हिँडिरहेको समयमा धरान ४ लक्ष्मीचौकबाट पक्राउ गरिएका उनीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा धनकुटाको डाडाबजार १ का २३ बर्षीय सोपन देवान र धनकुटाकै राजारानी गाविस वडा नं. १ बस्ने पिटर चोङ्गबाङ्ग रहेका छन् ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालयको अनुसन्धान व्युरोले सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव  उपरीक्षक सुदमकुमार सिजापतिले  जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाही गरिने समेत जानकारी दिनुभयो ।

पक्राउ परेका उनीहरुलाई लागू औषध ओसारपोसार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने समेत उहाँले जानकारी दिनुभयो  ।