कैलाली, ११ असार । आफ्नै छोरीलाई चक्कु प्रहार गरेको अभियोगमा त्रिशक्ती नगरपालिका७ मुक्त कमैया टोल बस्ने ४१ बर्षीय बिपत राम चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ ।
उनले २२ बर्षीया छोरी फुल मायाँलाई भागी बिहे गर्न सघाएको भनी बिपत रामले घाँटी र छातीमा चक्कु प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारार्थ प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया