जुम्ला, ११ असार । पञ्चायतकालीन अवधिमा कृषि तथा खाद्य आपूर्ति सहायकमन्त्री बन्नु भएका पूर्व सहायकमन्त्री अदनसिंह कठायतको ९२ वर्ष उमेरमा विहीबार बेलुका उपचारको क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा निधन भएको छ ।
सोमबार एक्कासि मुटु दुख्ने रोग लागेपछि उहाँलाई उपचारका लागि अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा साँझ मृत्यु भएको उहाँका छोरा राजु कठायतले जानकारी दिनुभयो ।
पञ्चायतकालीन राजनीतिबाट अगाडि आउनुभएका स्वर्गीय कठायतले आफ्नो महत्वपूर्ण समयको सुरुमा चन्दननाथ मिडिल स्कुलको स्थापना, २०२२ सालमा नेपाल रेडक्रस सोसाइटी जुम्लाको स्थापना, जुम्ला विमानस्थलका लागि ७० मुरी जग्गा दिनुभएको थियो । उहाँ २०३२ सालमा राष्ट्रिय पञ्चायतको सदस्य हुनु भएको थियो । रासस















प्रतिक्रिया