१८ कार्तिक २०८३, बुधबार

यसरी भासिन थाल्यो पोखरामा जमिन (तस्वीरसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pokhara-jamin1

पोखरा, ११ असार । बर्षायामको सुरुवातसँगै पोखराका विभिन्न ठाउँमा फेरि जमिन भासिन थालेको छ ।

केही दिनयता लगातारजसो परिरहेको बर्षाका कारण जमिनको कमजोर सतह भासिन थालेको हो । मंगलबार राति परेको बर्षाले पोखरा उप–महानगरपालिका वडा नं १५ र १७ जोड्ने मितेरी पुल नजिकै जमिन भासिएर ठूलो खाल्डो परेको छ ।

pokhara-jamin

बस्ती नजिकै जमिन भासिएपछि आसपासका स्थानीय बासिन्दाहरु त्रसित भएका छन् । त्यस क्षेत्रमा उत्तर दक्षिण भएर सुरुङ्ग बनेको छ । अघिल्लो बर्ष हिउँदको समयमा अर्मलामा जमिन भासिएर सयौं खाल्डा परेका थिए । गतबर्षको बर्षामा पनि पोखराका विभिन्न ठाउँमा जमिन भासिएको थियो ।

बर्षायाममा निरन्तर पानी पर्दा जमिनमुनिको बलौटे माटो बग्ने हुँदा कमजोर भू–सतह भएको ठाउँ भासिने सम्भावना बढी भएको भूगर्वविद्हरुले बताएका छन् ।

गत बैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण जमिनको भित्री भाग हल्लिएर कमजोर भएकाले त्यस्ता कमजोर भूभाग भासिन सक्ने सम्भावना छ ।