३० आश्विन २०८३, शुक्रबार

अमेरिकाको राष्ट्रपति पदमा भारतीय मुलका बबी जिन्दलको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Boby-gindal

– विजय थापा

वाशिंगटन डिसी । भारतीय मुलका लुजियानाका गभर्नर बबी जिन्दलले आगामी २०१६ मा हुने अमेरिकी राष्ट्रपतिको निर्वाचनमा सामाजिक संजाल ट्वीटर मार्फत उम्मेदवारी घोषणा गरेका छन् ।

४४ बर्षीय जिन्दलले बुधबार आफू अमेरिकाको राष्ट्रपतिको उम्मेदवार बनेको भनी एक फरक श्रब्य दृश्य सार्बजनिक गरि उम्मेदवारी घोषणा गरेका छन् । उक्त भिडियोमा हामी यहाँहरुसंग कुरा गर्न चाहन्छौ भनेका छन् ।

उनले यसको घोषणा न्युओरल्यन्सबाट गरेका हुन् भने उनी दोस्रो पटक लुजियानाका निर्वाचित गभर्नर हुन् । जुन १०, १९७१ मा अमेरिकामा जन्मेका बबी जिन्दलको पुरा नाम पियुष बबी जिन्दल हो भने अहिले सम्म रिपब्लिकनको तर्फबाट १२ जना उम्मेदवारहरुले उम्मेदवारी घोषणा गरि सकेका छन् ।

र उनी अहिले लुजियानाका ५५ औ गभर्नर तथा रिपब्लिकन गभर्नर्स संघका उपसभापति पनि हुन् । उनले ब्राउन विश्व बिद्यालयबाट जीव बिज्ञानबाट स्नातक गरेका छन् भने बेलायत अक्सफोर्डबाट राजनीतिक शास्त्रमा स्नाकोत्तर गरेका छन् ।

उनले अमेरिकाको विभिन्न स्तरमा काम गरि सकेका छन् भने २००३ को चुनाबमा पराजित पनि भएका थिए । २०११ को निर्वाचनमा अत्यधिक मतले बिजयी भएका थिए ।