७ कार्तिक २०८३, शनिबार

थापा थरका मनिषले परियार थरकी अस्मितालाई मनपराएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Love-jodiतनहुँ, ९ असार । एक्काइसौँ शताब्दीमा आएर पनि जातीय छुवाछूत गरिनु दण्डनीय अपराध मानिन्छ ।

कसैले जातीय विभेद र छुवाछूत गरेको पाइए कानुनी कारबाही र जेल सजाय हुने प्रावधान छ तर तनहुँमा दलित केटी बिहे गरेको निहुँमा एक जोडीको चार वर्षदेखि घर निकाला भएको छ ।

जिल्लाको भानु गाविस वडा नं ५ निवासी वर्ष २३ का मनिष थापा क्षेत्री सोही गाविसको वडा नं ७ बस्ने अस्मिता परियारलाई प्रेम बिहे गरेको निहुँमा घर निकाला हुनु परेको हो ।

जेठी आमाको मृत्युपछि बाबुले कान्छी आमा कालिका थापालाई ल्याएपछि बाबु प्रेमजङ्ग थापासहित मिलेर तल्लो जातिको केटीसँग बिहे गर्ने भन्दै घरमा बस्न नदिई लखेटेको पीडित छोरा मनिषले जानकारी दिनुभयो ।

घर निकाला भएपछि ससुराली घरमा तीन महिना बस्नुभएका उहाँले भन्नुभयो, “ससुरालीमा पनि लामो समय बस्दा आफैँलाई अप्ठ्यारो लागेपछि कोठा भाडामा लिएर दैनिक ज्याला मजदुरी गरी परिवार पाल्न बाध्य भएको छु ।”

कानुनी उपचारका बारेमा आफूलाई केही जानकारी नहुँदा यति लामो समयदेखि पीडित भएर बस्नुपरेको उहाँको भनाइ छ । रासस