नुवाकोट, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैको आदेश, निर्देशन र आश्वासनले संविधान निर्माणको कार्य नरोकिने बताउनुभएको छ ।
नुवाकोटको ओखरपौवास्थित ओखरपौवा माविमा नेकपा (एमाले)का स्वयम्सेवकहरूले बनाएको अस्थायी सिकाई केन्द्र हस्तान्तरण कार्यक्रममा बुधबार अध्यक्ष ओलीले सर्वोच्च अदालतको आदेशप्रति सङ्केत गर्दै राजनितिक दलहरू सहमतिको नजिक पुग्नै लागेको बेलामा कसैको आदेश, फैसला, निर्देशन र आश्वासनले संविधान लेखन कार्य नरोकिने बताउनुभयो ।
‘संविधान लेखनको प्रक्रिया अघि बढिसकेको छ, कसैले आदेश र फैसला गर्दैमा यो प्रक्रिया रोकिँदैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले केही साताभित्रै संविधानको मस्यौदा सार्वजनिक हुने दावी गर्नुुभयो । ओलीले भन्नुभयो – ‘कसैले चाहेर संविधान आउने, नचाहेर नआउने होइन । यो एउटा गतिमा अघि बढिसकेको छ । अब पछि हट्दैन ।’
अध्यक्ष ओलीले दलहरूबीच सहमतिको वातावरण बनिसकेकाले कसैले विरोध गरेर यो सहमति भङ्ग नहुने बताउनुभयो ।












प्रतिक्रिया