८ कार्तिक २०८३, आइतबार

नयाँ घर निर्माणमा लगाइएको प्रतिबन्ध हट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhat-bateni

काठमाडौं, ९ असार । विनाशकारी भूकम्पपछि सरकारले नयाँ घर निर्माणमा लगाएको प्रतिबन्ध हटाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेसँगै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नयाँ भवन निर्माण गर्न पाउने गरी ८ बुँदे सर्कुलर जारी गरेको हो ।

नयाँ निर्णय अनुसार अब २ तलाभन्दा माथिको नयाँ घर बनाउन पाइने छ, भने नक्सा पास भएका तथा निर्माण सुरु नभएका घरहरुको निर्माण कार्य सुरु गर्न मिल्नेछ ।

नयाँ घर निर्माणको प्रतिबन्ध हटाइएपनि भवन संहिताभित्र रहेर भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नेलाई मात्रै स्वीकृति दिईनेछ ।

नयाँ घर निर्माणमा लगाइएको प्रतिबन्ध हटाइएको विषयमा काठमाडौं नगर विकास समितिका प्रमुख भाइकाजी तिवारीले भूकम्पले घर भत्किएर नयाँ घर बनाउने तयारीमा रहेका नागरिकलाई सहज भएको बताउनुभयो ।

‘अब रोकिएका कामहरु सुरु हुन्छन्, नागरिकले नयाँ घर बनाउन पाउँछ । जनजीवन सहज हुन्छ ।’ उहाँले भन्नुभयो ।