८ कार्तिक २०८३, आइतबार

जापान पठाईदिने भन्दै ठगी गर्ने कार्की बालुवाटारबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dipendra-karakiकाठमाडौं, ९ असार । वैदेशिक रोजगारीमा जापान पठाईदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जापान पठाउने भन्दै पाँच लाख रुपैयाँ गठेर फरार काठमाडौंको जोरपाटी–७ का ईवान सिंह कार्कीलाई बुधबार महानगरीय अपराध महाशाखाको टोलीले बालुवाटारबाट पक्राउ गरेको हो ।

कार्कीले सिन्धुपाल्चोक खाम्पाल–३ का प्रकाश बस्नेतलाई बैदेशिक रोजगारको लागि जापान पठाई दिने प्रलोभनमा पाँच लाख मागेर फरार भएका थिए ।

बैदेशिक रोजगार विभागबाट समेत फरार भएका कार्कीलाई आवश्यक कारबाहीको लागि बैदेशिक रोजगार विभाग, तिनकुनेको जिम्मा लगाइएको छ ।