काठमाडौं, ९ असार । मदिरा सेवन गरी मात्तिएका युवाहरुबीच त्रिभुवन विश्वविद्यालयमै कुटाकुट भएको छ ।
कुटपिट गरेको अभियोगमा मकवानपुर चितलाङ–८ स्थायी घर भई हाल काठमाडौं किर्तिपुर नगरपालिका–३ बस्ने २५ बर्षीय निशान तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
तामाङले मादक पादर्थ सेवन गरी त्रिभूवन विश्वविद्यालयको व्रिmकेट मैदानमा सर्लाही थापामारा–४ घर भएका २८ बर्षीय बिजय लामालाई फलामको रडले प्रहार गरी कुटपिट गरेका थिए ।
घाइते लामाको कीर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया