७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा भेटियो दुर्लभ बन्यजन्तु कछुवा (हेर्नुस फोटो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kachuwa-baramadकाठमाडौं, ९ असार । दुर्लभ वन्यजन्तु कछुवा विक्री गर्ने ६ जना काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन् ।

ललितपुर उपमहानगरपालिका–२१ पाटन बस्ने ४९ बर्षीय सानुभाई बज्राचार्यको घरमा दुर्लभ बन्यजन्तु कछुवा विक्री भईरहेको अवस्थामा प्रहरीले सोमबार निज बज्राचार्य सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुर लुभु–८ बस्ने ६० बर्षीय सुशिल दुवाल श्रेष्ठ, काभ्रे शारदा बतासे–४ घर भएका ३८ बर्षीय भिम प्रसाद तिमल्सिना, काभ्रे साठीघर–३ घर भएका ५० बर्षीय ईन्द्र बहादुर दवाडी, काभ्रे ढुङखर्क–१ घर भएका ४२ बर्षीय उपेन्द्र प्रसाद तिमल्सिना र रौतहट विर्ता–५ घर भएका ४२ बर्षीय शेख रहिस रहेका छन् ।

निजहरुलाई एउटा कछुवा सहित प्रहरीले आवश्यक कानूनी कारवाहीको लागि मंगलबार जिल्ला वन कार्यालय हात्तीवन ललितपुर पठाईएको छ ।