३० आश्विन २०८३, शुक्रबार

परिवारलाई भेट्न अमेरिका पुगेकी नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indra-kumari-subedi

– विकासराज न्यौपाने

टेक्सास (अमेरिका), ९ असार । परिवारलाई भेटन पुगेका अमेरिकी एक महिलाको अमेरिकाको टेक्सास राज्यमा सडक दुर्घटनामा ज्यान गएको छ ।

टेक्सासको ह्युस्टनस्थित चिम्नी रकमा बसको ठक्करबाट बाग्लुङकी इन्द्रकुमारी सुबेदीको मृत्यु भएको हो । उनी झन्डै दुई महिना अघि नेपालबाट घुम्न र परिवार भेट्नका लागि अमेरिका आएकी थिइन् । उक्त घटनामा अन्य दुई नेपालीहरु घाइते भएका ह्युस्टनका नारायणहरि पाण्डेले जानकारी दिए ।

बेलुकापख घुम्न निस्केको बेला बस स्टेसनमा अनियन्त्रित मोटर सडकबाट बाहिर आउँदा यस्तो घटना भएको थियो । घाइते भएका दुई नेपालीको नजिकैको अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको स्वास्थ्यमा सुधार भैरहेको बताइएको छ ।

‘बसपार्क पुग्दा एक्कासी मोटरले पछाडिबाट हान्यो, ‘घाइतेका परिवारले भने – ‘वृद्ध महिलाको घटनास्थलमै प्राण गयो ।’

ह्युस्टनका स्थानीय प्रहरीले घटनामा संलग्न ड्राइभरलाई नियन्त्रणमा लिई घटनाको छानबिन गरिरहेको छ । यो दुर्घटनामा ड्राइभरको गल्ती भएको स्थानीय सञ्चार मध्यमले जनाएको छ ।