३० आश्विन २०८३, शुक्रबार

जैकी चेनसँग कैटरीनाको कनेक्सन !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

katrina-jacki

मुम्बई । बलिउड अभिनेत्री कैटरीना कैफ हलिउड अभिनेता तथा मार्शल आर्ट्स स्टार जैकी चेनसँग सम्पर्कमा रहेको खबर सार्वजनिक भएको छ ।

कैटरीना र जैकीबीच आगामी फिल्म ‘कुंग फू योगा’मा काम गर्ने वातावरण बनिरहेका बेला सम्पर्क बढेको समाचारमा जनाइएको छ । एक रिपोर्टका अनुसार फिल्ममा कैटरीनाको भुमिका एक चीनियाँ विश्वविद्यालयमा प्रोफेसरको हुनेछ, जहां जैकी एक पुरातत्ववेताको भूमिकामा हुनेछन् र मगध कालको खजानाको खोजमा कैटरीना उनलाई सहयोग गर्ने छिन् ।

फिल्म खेल्ने बारेमा कैटरीना अहिले नै तयार भएकी छैनन् । तर जैकीसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ । यो भन्दा पहिला बलिउड सुपरस्टार आमिर खानलाई पनि जैकीले फिल्मको प्रस्ताव राखेका थिए । तर आमिरले व्यस्तताका कारण खेल्न नसक्ने बताएका थिए । एजेन्सी