७ कार्तिक २०८३, शनिबार

एयरपोर्टबाट ओर्लिएपछि ओली ठमेलमा, यस्तो देखियो रौनक (तस्वीरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-tourism-rally

काठमाडौं, ८ असार । जब एमाले अध्यक्ष केपी शर्मा ओली मञ्चमा देखिए, हुटिङको वर्षा हुन थाल्यो । अध्यक्ष ओली थाइल्याण्डको नियमित उपचार पछि स्वदेश फर्किएको केही घण्टामै ठमेल पुगेका थिए ।

uml-tourism-kp-oli1

नेकपा एमालेले नेपालका पर्यटकीय ठाउँहरु सुरक्षित छन् भन्ने सन्देश दिनका लागि आयोजना गरेको ¥यालीमा हजारौँ ओइरिएका थिए । नेपालीहरु मात्र होइन्, विदेशीको पनि उत्साहजनक उपस्थिति रहेको थियो । भूकम्पको पीडाले उनीहरुको अनुहारमा निराशा थिएन । बरु पलपलमा मुस्काइरहेका थिए । चिच्याइरहेका थिए, अब देश बनाउँछौ भन्दै ।

uml-tourism-kp-oli

नेकपा एमाले राष्ट्रिय स्वयंसेवक परिचालन कमिटीले ‘हाम्रो सम्पदा हाम्रो पहिचान, पर्यटकहरुलाई गर्दछौ सम्मान’ भन्ने नाराका साथ मंगलबार आयोजना गरेको र्‍याली बसन्तपुरबाट ठमेलतर्फ सोझिएको थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधान तथा गृहमन्त्री एवं पार्टीका उपाध्यक्ष बामदेव गौतम र युवराज ज्ञवाली, महासचिव इश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, योगेश भट्राई र भीम आचार्य, स्वास्थ्य मन्त्री खगराज अधिकारी, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, उद्योग मन्त्री महेश बस्नेत, लगायतका नेताहरु बसन्तपुरबाट हिँडेरै ठमेलसम्म पुगेका थिए ।

uml-tourism-Bamdev-Gautam

बसन्तपुरबाट सूर्य अंकित रातो ज्याकेट लगाएका एमाले संयमसेवक, नेता, कार्यकर्ता तथा सर्वसाधरणहरु सन्देशमुलक प्लेकार्ड हल्लाउँदै ठमेलसम्म पुगेका थिए । र्‍याली बसन्तुपुर, न्यूरोड, जमल, दरवारमार्ग हुँदै ठमेल पुगेको थियो । र्‍याली जति जति अगाडि बढ्थ्यो, त्यति त्यति मानिसहरु थपिँदै थिए ।

uml-tourism-rally2

अगाडि गाडीमा झुण्डिएको माइकबाट बारम्बार आवाज आइरहेको थियो, ‘कसले भन्छ नेपाल ध्वष्त भयो भनेर, नेपाल ज्युँदै छ, पशुपति, लुम्बिनी, मुक्तिनाथ, पोखरा, सगरमाथा लगायतका पर्यटकीय ठाउँहरु ठाडै छन् । त्यसैले आउनुस पर्यटकहरु, तपाईँको सम्मानमा हामी छौँ ।’

uml-tourism-rally3

र्‍यालीमा कसैले प्लेकार्ड बोकेका थिए त कसैले अनुहारमा नेपालको झण्डा पेन्ट गरेर देशभक्ति देखाइरहेका थिए ।

कार्यक्रमको उद्घाटन् पनि सन्देशमुलक ढंगले गरियो । सगरमाथा आरोहीहरुसँगै एमाले अध्यक्ष केपी ओलीले हात ठडाएर कार्यक्रमको शुभारम्भ गरिएको थियो । सगरमाथा आरोहीहरु सगरमाथा चढ्ने पहिरनमै उपस्थित भएका थिए ।

uml-tourism-rally4

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘केही क्षति भएका छन् । तर, गैडा, हात्तीले भूकम्प गएको थाहा पनि पाएका छैनन्, त्यसैले सौराहा जाउँ, जनकपुर जाउँ, लुम्बिनी जाउँ, पोखरा जाउँ ।’

uml-tourism-nepal-safe

अब नेपाललाई नबनिर्माणबाट नयाँ नेपाल बनाउने ओलीले बताए । उनले सरकारले संटकग्रस्त क्षेत्र घोषणा गरेकोप्रति आपत्ति जनाउँदै यस्ता निर्णय गर्दा सरकारले ध्यान पुर्‍याउनु पर्ने सुझाव दिए । पर्यटकहरुलाई ढुक्कसँग नेपाल भ्रमणमा आउन ओलीको आग्रह छ ।

उनले भाषण गरिरहदा विदेशी पर्यटकसमेत हातमा प्लेकार्ड र गालामा नेपालको झण्डा खोपेर मञ्चमा उक्लिएका थिए ।

uml-tourism-tourist-nepal-safe

कार्यक्रममा राष्ट्रिय स्वयंसेवक परिचालन कमिटिका संयोजक गोकर्ण विष्टले नेकपा एमालेले नेपाललाई आधुनिक र सुरक्षित ढंगबाट नवनिर्माण गर्ने बताए । उनले नेपाल पर्यटकको लागि असुरक्षित छ भन्ने भ्रम चिर्नको लागि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको स्पष्ट पारे ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले सरकारले उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा र सगरमाथा आरोहण बन्द गरेकाले विदेशमा गलत सन्देश गएको बताए । भूकम्पबाट १० देखि १५ प्रतिशतमात्रै समग्र क्षति भएको भन्दै थापाले नेपालका पर्यटकीय गन्तव्यहरु सुरक्षित रहेको बताए ।

कार्यक्रममा विभिन्न प्रकारको झाँकीसँगै एमाले निकट जनसांस्कृतिक महासँघका कलाकारहरुले सांगितिक प्रस्तुति दिएका थिए ।

uml-tourism