२९ आश्विन २०८३, बिहिबार

अध्यारोमा प्रेमिका सम्झेर कान्छी आमाको हात समातेपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hold-hand-in-bed-llकाठमाडौं । उत्तर प्रदेशको आजमगढ स्थित बरदह इलाकाको दरियापुर गाउँमा त्यो समयमा स्थिती बदलियो जब एक प्रेमीले अध्यारोमा प्रेमिकाको सट्टा कान्छी आमाको हात समाते ।

गाउँका सुरेश सुरेखालाई माया गर्थे । सोमबार सुरेखाका आमा–बुबा उनकी कान्छी आमा (आन्टी)लाई घरको निगरानीको जिम्मा दिएर आफन्तको घर गएका थिए ।

सुरेखाले यो कुराको जानकारी प्रेमी सुरेशलाई दिएर उनलाई आफ्नो घर बोलाएकी थिईन् । मध्यराति करिब १ बजे सुरेश प्रेमिकाको घर पुगे । र ढोकामा सुतिरहेकी कान्छी आमालाई आफ्नी प्रेमिका सम्झेर उनको हात समाते ।

महिलाले चिच्याएपछि सुरेश त्यहाँबाट भागे । यो कुरा जब गाउँभरी फैलियो तब यस्को जानकारी ग्राम प्रधान जंगबहादुर यादवले पनि पाए । ग्राम प्रधानको निर्देशनपछि घरबाट फरार सुरेश फर्किएर आए ।

यस्को सूचना विभिन्न व्यक्तिबाट प्रहरी चौकीसम्म पुग्यो । पुलिस समयमै घटनास्थल पुग्यो र प्रेमी जोडिलाई परिवारसँगै थानामा लग्यो ।

सोमवार विहानै दुबै पक्ष र पुलिसको सहभागितामा प्रेमी जोडि सँगै रहने अडानमा रहे । उनीहरुको जिद्दी देखेर प्रहरीका एसओ जगदीश उपाध्यायले दुबै जनाका परिवारलाई विहेका राजी गराए र थाना परिसरमै विवाह गरिदिए । एजेन्सी