२९ आश्विन २०८३, बिहिबार

महिलाले ‘टाइट पाईन्ट’ लगाउँदा…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jeansकाठमाडौं । आधुनिक समाजका महिलाहरु टाइट पाइन्ट लगाउने गर्छन् । छोटा छोटा लुगा लगाउने गर्छन् । यो त अहिले फेशनै भइसकेको छ ।

तर, अस्ट्रेलियाको ऐडलेडमा एक महिलाले टाइट जिन्स पाइन्ट लगाउँदा निकै महंगो सावित भयो । खबर अनुसार एक महिलाले एकदमै टाइट जीन्स पाईन्ट लगाएकी थिईन्, जसका कारण उनी बेहोस भएर सडकमै ढलिन ।

कम्मरको मसल्समा रगतको सञ्चार नहुँदा उनी बेहोस भएर सडकमै ढलेकी हुन् र मद्दत माग्नका लागि पनि होस भएन् । त्यसपछि त्यहाँ उभिरहेका व्यक्तिहरुले उनको आवाज सुनेर उपचारका लागि अस्पताल लगिदिएका थिए ।

उपचार गरिरहेका डाक्टरले भनेका छन्–‘महिलाको अवस्था यती खराब थियो उनले अस्पतालमा ४ दिन बस्नुप¥यो ।’ टाईट जीन्सका कारण ती महिलाको नशामा हानी पु¥याएकाले हिडिँरहेको बेला उनको कम्मर सुन्निएको थियो । महिलाले एकदम छाला टाइट जीन्स लगाएकाले यो घटना भएको हो ।

अहिले पनि उनको कम्मर ठिक भइसकेको छैन् । उनी राम्ररी हिँड्न पनि सकिरहेकी छैनन् । उनको कम्मरमा समस्या आएपछि उठबस गर्न पनि समस्या भएको समाचारमा जनाइएको छ । एजेन्सी