७ कार्तिक २०८३, शनिबार

बाढीपीडितलाई उद्धार सामग्री वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rahat-

– यज्ञप्रसाद सापकोटा
बर्दिया, ८ असार । बर्दियामा बाढीबाट प्रभावित स्थानमा बाढी पूर्वतयारीका लागि चार लाख पचास हजार बराबरको उद्धार सामग्री वितरण गरिएको छ ।

लुथरन वल्र्ड रिलिफको आर्थिक सहयोगमा दलित महिला उत्थान संघ बर्दियाले उद्धार सामाग्री वितरण गरेको हो । बर्दियाको अत्यन्त बाढी प्रभावित स्थान पदनाह गाविसका २, ७, ८, ९ र महम्मदपुर गाविसको वडा नं ९ गरी पाँच ओटा स्थानमा उद्धार सामग्री वितरण गरिएको छ । गत साउन २९ र ३० गते गएको बाढीमा ति स्थानहरु जलमग्न भएका थिए ।

राहत सामाग्रीमा पदनाह र महम्मदपुर गाविसको लागि एक एक वटा काठको डुङ्गा दिईएको छ । त्यसैगरी पदनाह र महम्मदपुर गाविसका ५ वटा वडामा एक एक सेट उद्धार सामाग्री समुदायका बडघरहरुलाई दिईएको दलित महिला उत्थान संघ बर्दियाकी अध्यक्ष विमला विकले बताउनुभयो ।

उहाँका अनुसार एक सेटमा ४ थान लाईफ ज्याकेट, डोरी ३६ किलो ग्राम,हेल्मेट ४ थान, रबर ट्युब १ थान, ट्युवमा हावा भर्ने फट पम्म एक थान, स्ट्रेचर १ थान, हाते माईक १ थान र प्राथमिक उपचार सामाग्री १ सेट गरी जम्मा ५४ हजार बराबरको सामाग्रीर रहेको छ ।

उद्धार सामग्री वितरण गर्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी विनोद बहादुर कुँवरले उद्धार सामाग्री सहि ठाउँमा उपयोग हुनुपर्ने बताउनुभयो । उहाँले राहत सामग्रीलाई दुरुपयोग नगरी आवश्यक परेको स्थानमा उपयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।