नवलपरासी, ८ असार । सेवाग्राहीसँग घुस लिने एक नायब सुब्बा रंगेहात समातिएका छन् ।
कावासोती नगरपालिका–२ सृजना चिया होटलबाट मालपोत कार्यालयमा कार्यरत नायव सुब्बा कृष्णप्रसाद पोख्रेललाई घुस लिँदै गरेको अवस्थामा अख्तियार र प्रहरीको संयुक्त टोलीले मंगलबार पक्राउ गरेको छ ।
कावासोती–८ बस्ने ४६ वर्षीय नारायण पौडेलले जग्गाको बिषयलाई लिएर नगद ५० हजार रुपैयाँ घुस दिँदै गरेको अवस्थामा पोखरेललाई नियन्त्रणमा लिएको हो । साथै तत्काल फरार रहेका घुस दिने पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया