७ कार्तिक २०८३, शनिबार

सहकारी खोलेर काठमाडौंमा ठगी गर्ने पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaकाठमाडौं, ८ असार । सहकारी खोलेर सर्वसाधारणलाई गठी गर्ने सञ्चालकहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

सर्वसाधारणको ३ करोड भन्दा बढी रकम ठगी गरी फरार रहेका सहकारी संचालक २ जनालाई केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर दामन गाविस–७ बस्ने २९ वर्षीया तुलसीकुमारी बस्नेत र मकवानपुर पालुङ गाविस–९ बस्ने ५८ वर्षीय हरि बस्नेत रहेका छन् ।

मकवानपुर जिल्ला अदालतको २०७१ जेठ २७ गतेको फैसलाले जनही ३२ लाख ९३ हजार ८ सय २४ रुपैयाँ १८ पैसा जरिवाना र ३ बर्ष कैद हुने फैसला भएपछि फरार रहेका तुलसीलाई सोमबार अनामनगरबाट र हरिलाई मंगलबार नयाँनैकापबाट ब्यूरोले पक्राउ गरेको हो ।

उनीहरुले २०६२ सालदेखि मकवानपुर दामन गाविस–५ स्थित पालुङ बचत तथा ऋण सहकारी संस्थाको संचालक समितिको पदाधिकारीको रुपमा १ हजार १ जना सर्वसाधारणलाई प्रलोभनहरु देखाई बचत गर्न लगाएको ३ करोड ६२ लाख ३२ हजार ६६ रुपैयाँ हिनामिना गरी ठगी गरेका थिए । बचतकर्ताले रकम फिर्ता माग गर्दासमेत नदिएपछि २०६९ पुस २० गते मकवानपुर जिल्ला अदालतमा ठगी मुद्धा दायर गरेका थिए ।

फैसला कार्यान्वयनको लागि ब्यूरोले उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेपछि अदालतको आदेशअनुसार सजाय भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ ।