काठमाडौं । प्रहरी हिरासतमै मोडलको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
मुम्बईकी एक मोडलको पुलिस चौकीमा बलात्कार भएको पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बई क्राइम ब्राञ्चले सोमवार मुम्बईको मजिस्ट्रेट अदालतमा मोडल बलात्कार घटनाको अनुसन्धान रिपोर्टसहित ८ जना विरुद्ध मुद्दा दायर गरेको छ ।
अदालतमा पेस गरिएको अनुसन्धान रिपोर्टमा आठ जनालाई घटनाको आरोपी बनाइएको छ । जसमा तीन जना प्रहरी अधिकारी पनि संलग्न छन् ।
खबर अनुसार सबै आरोपीमाथि जबरजस्ती शारीरिक सम्बन्ध राखेको, अपहरण गरेको लगायतका विभिन्न अपराध गरेको आरोप लगाएर अदालतमा मुद्दा हालिएको हो ।
यो घटनामा सबैभन्दा गम्भीर आरोप असिस्टेन्ट पुलिस इन्स्पेक्टर सुनील खाटपेमाथि लगाइएको छ । खाटपेमाथि एक पुलिस अफिसर भएर पनि बलात्कार गरेको भनी आरोपपत्र पनि दालिखा गरिएको छ ।
आरोपपत्रमा अस्पतालको मेडिकल रिपोर्ट पनि समावेश गरिएको छ, जसमा यो पुष्टि हुन्छ कि मोडलसँग अप्राकृतिक यौन सम्पर्क राखिएको थियो ।
घटनाका मुख्य योजनाकार असिस्टेन्ट पुलिस इन्स्पेक्टर सुनील खाटपेले मोडललाई होटलमा गलत कार्य गरेको आरोप लगाउँदै पक्राउको वहानामा प्रहरी हिरासतमा राखेर बलात्कार गरेका थिए । उनलाई दुई प्रहरीले सहयोग गरेका थिए ।
क्राइम ब्राञ्चका अनुसार होटलको बाहिर मोडल र उनका केटा साथीलाई इन्स्पेक्टर खाटपेले आफ्नो प्राइभेट गाडिमा राखेर लगेका थिए । त्यसपछि प्रहरी चौकी लगेर दुई प्रहरी निरीक्षकले मोडललाई हिरासतमा राखे ।
त्यसपछि इन्स्पेक्टर खाटपेले मोडलसँग जबरस्ती शारीरिक सम्बन्ध राखेका थिए । ती मोडल १९ वर्षकी हुन् । घटना संलग्न इन्स्पेक्टर खाटपे सहित तीन प्रहरी अधिकारीलाई पक्राउ गरीएको बताइएको छ । एजेन्सी















प्रतिक्रिया