७ कार्तिक २०८३, शनिबार

युरोप पठाईदिने भन्दै लाखौं ठगी गर्ने चेरा खोला हाइड्रोपावरका संचालक पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suresh-pantaकाठमाडौं, ८ असार । वैदेशिक रोजगारीमा युरोप पठाईदिने भन्दै लाखौं रुपैयाँ ठगेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

युरोपका विभिन्न देशमा अकर्षक रोजगारीमा पठाईदिने भन्दै लाखौं ठगी गरेर फरार अभियुक्त ललितपुरको भैसेपाटीका सुरेश पन्तलाई महानगरीय अपराध अनुसन्धान महाशाखा हनुमान ढोकाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो ।
उनले सिरहाका संजय कुमार साह र नवलपरासीका अमितजंग रायमाझीलाई युरोपियन मुलुक ईटाली र स्पेन पठाई जागिर लगाईदिने प्रलोभन देखाएर ८/८ लाखका रुपैयाँ लिएका थिए ।

उनीहरुलाई भारतको बाटो प्रयोग गरी लैजाने भनेर चार महिना भारत महिपालपुर सोल्टी गेष्ट हाउसमा राखेर फरार रहेका पन्तलाई मंगलबार पक्राउ गरिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा पन्तले विभिन्न ८ जना व्यक्तिहरुलाई स्पेन र इटाली पठाउने भनेर करिब ४० लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

अभियुक्त सुरेश पन्त चेरा खोला हाइड्रोपावरको संचालक हुन् । ठूलो परियोजनाको सञ्चालक भनेर उनले गाउँका युवाहरुलाई विश्वासमा पारी ठग्दै आएका थिए । आफूलाई नेपालको एजेन्टका रुपमा रहेको र उनका भाई गणेश पन्त भारतमा रहि विदेश पठाउने कार्य मिलाउने गरेको समेत खुलेको जनाइएको छ ।  अपराध महाशाखाले पन्तलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।