२९ आश्विन २०८३, बिहिबार

फिफा अध्यक्षमा म्याराडोनाको उम्मेदवारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maradona

ब्युनोस आयर्स, ८ असार । अर्जेन्टिनाका एकजना वरिष्ठ फुटबल खेलाडी डियागो अर्मान्डो म्याराडोनाले पनि फिफा अध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

सोमबार सञ्चारमाध्यमले उनको उम्मेदवारीको बारेमा समाचार सार्वजनिक गरेका छन् । केही समय यतादेखि विश्वमै विवादास्पद बनेको सो पदका लागि म्याराडोनाको उम्मेदवारीको समाचार अर्जेन्टिनाको एक दैनिक पत्रिकाले सोमबार सार्वजनिक गरेको हो ।

म एकजना उम्मेदवार हुँ, फुटबलका पूर्व खेलाडी एवम् प्रशिक्षक समेत रहेका तथा फुटवल संसारका प्रखर व्यक्ति म्याराडोनाले भन्नुभयो ।

म्याराडोना यसअघिको फिफाको नेतृत्वका सबैभन्दा बढी आलोचक हुनुहुन्थ्यो । स्वीट्जरल्यान्डका नागरिक निवर्तमान अध्यक्ष सेप ब्लाटरको आलोचनामा म्याराडोना खरो उत्रिनुभएको थियो ।

फिफा संगठनमा भएको भनिएको कयौँ अनियमितता र भ्रष्टाचारमा सो संगठन मुछिएपछि ब्लाटरले गएको मे महिनामा राजिनामा दिएका हुन् । त्यस विषयमा अनुसन्धान जारी रहेको छ ।

भेनेजुयलाका राष्ट्रपति निकोलास मुद्रोले म्याराडोनालाई उक्त पदमा उम्मेदवारीका लागि प्रस्ताव गर्नुभएको बताइएको छ । रासस/सिन्ह्वा