काठमाडौं । नेपालकी चर्चित नायिका रेखा थापाले नेपालमा प्रदान गरिँदै आएका फिल्मी अवार्डमा सहभागी नहुने घोषणा गरेकी छिन् ।
पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा अवार्डका लागि नातावाद, पावर र पैसाको चलखेल भएको भन्दै नायिका थापाले आफूले निर्माण गर्ने चलचित्रलाई कुनै पनि अवार्डमा सहभागी नगराउने घोषणा गरेकी हुन् ।
यो घोषणा उनले समाजिक सञ्जाल फेसबुकबाट गरेकी हुन् । विशेष कार्यक्रमका लागि अमेरिकामा रहेकी रेखाले अवार्ड कार्यक्रमले कलाकारहरुलाई मनोबल बढाउनुको सट्टा पावर पैसालाई बढावा दिन खोजेको आरोप लगाईन् ।
‘सिनेमा जगतमा धेरै नै अवार्ड कार्यक्रमहरु हुँदै आइरहेका छन् र यस्तो प्रकारका कार्यक्रमहरुले कलाकारहरुलाई ठुलै मनोबल पनि प्रदान गर्छ । तर नेपालमा भने चिनजान, आफन्त र सोर्सफोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुँदा तेस्तो प्रकारको अवार्डको कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाई प्रतिस्पर्धाको निम्ति प्रदान नगर्ने कुराको सार्वजनिक जानकारी गराउन चाहन्छु।’ उनले आफ्नो फेसबुकमा लेखेकी छिन् ।
नेपालमा हुने गरेका यस्ता अवार्डहरुलाई ‘कोठे अवार्ड’ भएको भन्दै नायिका थापाले अवार्ड वितरक संस्थाहरुलाई कामको आधारमा अवार्ड वितरण गर्न अनुरोध समेत गरेकी छिन् ।
‘वर्षका सर्वाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तवरले अवार्ड वितरण गरिनुले सच्चा कलाकार, निर्माता, निर्देशक तथा प्राविधिकको अपमान गरेको हुन्छ त्यसैले म नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स् यस्ता प्रकारका कुनै पनि कोठे अवार्डहरु को वहिस्कार गर्दै अवार्ड वितरक संस्थाहरु लाई काम को आधारमा अवार्ड वितरण गर्नुहुन समेत अनुरोध गर्दछु।’ उनको धारणा फेसबुकमा लेखिएको छ ।
यस्तो छ अवार्ड बहिष्कारबारे रेखा थापाको फेसबुकमा लेखिएको शब्द :
रेखा फिल्म्स बाट निर्मित सिनेमाले कुनै पनि अवार्ड कार्यक्रमहरु मा भाग नलिने :
नेपाली सिनेमा जगत मा धेरै नै अवार्ड कार्येक्रमहरु हुदै आइरहेका छन् र यस्तो प्रकार को कार्यक्रमहरु ले कलाकारहरु लाई ठुलै मनोबल पनि प्रदान गर्छ। तर नेपाल मा भने चाहि चिनजान , आफन्त र सोर्स फोर्स मा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मूल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्स ले अब उप्रान्त आफनु फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरु लाई प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।
वर्ष का सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धा मा नआउनु अनि आयोजक ले आफनो मन परि तबर ले अवार्ड बितरण गरिनु ले सच्चा कलाकार, निर्माता , निर्देसक तथा प्राबिधिक को अपमान गरेको हुन्छ तेसैले म नायिका तथा निर्माता रेखा थापा तथा रेखा फिल्म्स यस्ता प्रकार का कुनै पनि कोठे अवार्ड हरु को बहिस्कार गर्दै अवार्ड वितरक सस्थाहरु लाई काम को आधार मा अवार्ड बितरण गर्नु हुन समेत अनुरोध गर्दछु।
मेरो सुभ चिन्तक तथा प्र्संसक हरु को लागि रेखा फिल्म्स ले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपाली दर्सक बाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बिस्वाश राख्दछ।















प्रतिक्रिया