काठमाडौ, ८ असार । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले औपचारिक रुपमा सञ्चालन गरेकोे तेस्रो चरणको पुनर्निर्माण राहत वितरण तथा उद्दार अभियान आज सकिँदैछ ।
‘भूकम्पीय विपत्तिलाई पुनर्निर्माणमा बदलौँ, ध्वंसलाई सम्बृद्धिको आधारमा बनाऔँ’ भन्ने नारा दिएर नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा चलाएको तेस्रो चरणको अभियानको आज कलकिमा एक कार्यक्रमको आयोजना गरी समापन गर्न लागेको हो ।
आज तेस्रो चरणको अभियान समापनसँगै नयाँ कार्यक्रम सहित चौथो चरणको अभियान सुरु हुने पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले जानकारी दिनुभयो ।
पार्टी महासचिव विप्लवले भूकम्प प्रभावित जिल्लामा गएर उद्धार र पुनर्निर्माणमा जुटेको नेता कार्यकर्तालाई धन्यावाद सहित प्रशंसापत्र दिएर बिदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
भूकम्प प्रभावित १७ जिल्लामा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताहरुको परिचालन गरी चरणबद्ध रुपमा भूकम्प पीडितको उद्धार, राहत र पुननिर्माणका लागि अभियान संचालन गर्दै आएको छ ।












प्रतिक्रिया