७ कार्तिक २०८३, शनिबार

आमाको नामबाट पाँच सयको नागरिकता बन्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nagarikta-citizenshipपाल्पा, ८ असार । जिल्ला प्रशासन कार्यालय पाल्पाद्वारा यस आर्थिक वर्षमा एक लाख २४ हजार १८६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको छ ।

जेठ महिनामा प्रशासन कार्यालयबाट वंशजका आधारमा एक हजार ३९ वटा र वैशाख महिनासम्म एक करोड २३ हजार १४६ वटा नागरिकताको प्रमाणपत्र जारी गरिएको सहायक प्रजिअ विष्णुबहादुर घर्तीले बताउनुभयो ।

जेठ महिनामा जारी गरिएका एक हजार ३९ वटामध्ये आमाको सनाखतबाट ५०१ वटा र अन्यको सनाखतबाट ५३८ जनाको नागरिकताको प्रमाणपत्र जारी गरिएको उहाँले जानकारी गराउनुभयो ।

जन्मका आधारमा तीन र वैवाहिक अङ्गिकृत ६७ वटा नागरिकताको प्रमाणपत्र जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पाल्पामा अङ्गिकृतका आधारमा नागरिकता जारी भएको छैन । रासस