काठमाडौं, ७ असार । प्रसिद्ध हलिउड अभिनेता लियोनार्दो डी क्याप्रियो भूकम्प पीडितको सहयोगार्थ नेपाल आउने भएका छन् ।
भूकम्पपछिको पुनःनिर्माण, पुनःस्थापना तथा नवनिर्माणका निम्ति बाह्य सहायता जुटाउन यही असारमा १० गते आयोजना हुने ‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा अभिनेता लियोनार्दो डी क्याप्रियो आउने भएको अर्थमन्त्रालयले जनाएको हो ।
सम्मेलनमा सहभागी हुन सरकारले ३७ राष्ट्र र २३ बहुपक्षीय दातृ निकाय तथा प्रतिष्ठित व्यक्तिलाई सम्मेलनमा सहभागिताका लागि आमन्त्रण गरेको थियो । सम्मेलनमा भाग लिन लियोनार्दोसँगै अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टर तथा चर्चित बेलायती नायिका जोहना लुम्ले पनि आउने निश्चित भएको छ ।
लुम्लेले नेपालमा शक्तिशाली भूकम्प आएलगत्तै पीडितहरुका लागि करोडौं पैसा उठाएर नेपाल पठाएकी थिईन् ।
















प्रतिक्रिया