७ कार्तिक २०८३, शनिबार

‘विश्व खाद्य कार्यक्रमको चामल लाप्राक पुग्नुअघि नै कुहिएको थियो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

WFP_Provide_Goarkha_Laprak_Earth_quake_victim_Damage_Rice14_695466253गोरखाबजार, ७ असार । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले लाप्राकका भूकम्पपीडितलाई हालै बाँडेको चामल लाप्राक पु¥याउनुअघि नै कुहिएको संसदीय विशेष टोलीले जानकारी दिएको छ ।

लाप्राक पुगेर कुहिएको चामल अवलोकन गरी भूकम्पपीडितलाई भेटेर फर्केको टोलीले आज गोरखा सदरमुकाममा पत्रकारसँग कुराकानी गर्दै डब्लुएफपीले सडेको चामल ढुवानी गरी लाप्राक पु¥याएको हो ।

“ढुवानीको क्रममाः पानीले भिजेर चामल कुहिएको होइन” टोलीका प्रमुख भानुभक्त ढकालले भन्नुभयो, “सडेको चामल नै ढुवानी भएको रहेछ ।” तीन सय ५२ बोरा सध्य चामलका बीचमा १२० बोरा कुहिएको चामल ढुवानी भएको संसदीय टोलीले जनाएको छ ।

डब्लुएफपीले ढुवानीको क्रममाः पानीले भिजेर चामल बिग्रिएको बताउँदै आएको थियो । “डब्लुएफपीको क्याम्पबाट हिँडेको दुई दिनमा लाप्राकमा चामल पुगेको देखिन्छ” उहाँले भन्नुभयो, “पानीले भिजे पनि दुई दिनमा कालै भएर चामल बिग्रँदैन ।” कुहिएको चामल भण्डारण गरिएको त्रिपालछेउ जानै नसकिने गरी गन्हाएको ढकालले बताउनुभयो ।

ढकालसँगै सांसदहरु उषा गुरुङ र दलजीत श्रीपाली पनि अनुगमनमा लाप्राक पुगेर फर्किनुभएको छ । साथै टोलीसँगै वाणिज्य विभागका कर्मचारी पनि गएका थिए । एक सय २० बोरा चामल गुणस्तरहीन भेटिएपछि संसदीय विशेष टोली आवश्यक सत्यतथ्य बुझ्न लाप्राकको गुप्सीडाँडा पुगेका थिए । “गुणस्तरहीन चामलको नमुना परीक्षण गर्न गुणस्तर तथा नापतौल विभाग पठाएका छौँ” ढकालले भन्नुभयो, “छिट्टै संसद्मा प्रतिवेदन बुझाउँछौँ ।” सरकारले आवश्यक बुझेर पाँच दिनभित्र सत्यतथ्यसहित प्रतिवेदन पेस गर्न संसदीय विशेष टोलीलाई खटाएको थियो ।

साथै कुहिएको चामल लाप्राकबाट हटाउनुपर्ने टोलीले जनाएको छ । “चामल गन्हाएकाले त्यहाँ माहमारी पनि फैलिन सक्छ” उहाँले भन्नुभयो, “तत्कालै कुहिएको चामल व्यवस्थापन गर्नुपर्छ ।” साथै वडा नं १, २, ३ र ४ वडामा चामल र दाल, तेल बाँड्न ढिलाइ गर्न नहुने टोलीले जनाएको छ । चामल भण्डारण गर्ने ठाउँ चिसो भएकाले पनि छिटो चामल बिग्रने टोलीको सदस्य उषा गुरुङले बताउनुभयो ।

“खाद्यान्नको गुणस्तरमा सम्झौता गर्नु हुँदैन” उहाँले भन्नुभयो, “गुणस्तरहीन खाद्यान्न खान र बाँड्न हामी दिँदैनौँ ।” डब्लुएफपीको गोरखा क्याम्पमा ल्याउनुअघि नै सडेको चामल आएको हुनसक्ने टोलीको अनुमान छ । “खाद्यान्नको स्रोतमै समस्या देख्यौँ” उहाँले भन्नुभयो, “नेपालगन्जदेखि गोरखा क्याम्पमा खाद्यान्न ढुवानी हुने रहेछ ।” टोलीले प्रतिवेदन बुझाएपछि संसद्ले सरकारलाई आवश्यक निर्देशन दिने उहाँको भनाइ छ ।

डब्लुएफपीका देउराली क्याम्पका प्रमुख सुवास सिंहले ढुवानीको क्रममाः चामल सडेको बताउनुभयो । “अबदेखि हामी त्रुटि सच्याउँछौँ” उहाँले भन्नुभयो, “गुणस्तरीय खाद्यान्न मात्रै भूकम्पपीडित कहाँ पु¥याउने हाम्रो प्रतिबद्धता दोहो¥याउन चाहन्छौँ ।” कुहिएको चामल वितरण गर्ने डब्लुएफपीको कुनै मनसाय नरहेको उहाँले प्रष्ट पार्नुभएको छ । सडेको चामल कहाँबाट आयो भन्नेबारे आफूहरुले पनि अनुसन्धान सुरु गरेको सिंहको भनाइ छ । साथै संसदीय टोलीले डब्लुएफपीले खाद्यान्न भण्डारण गरेको देउरालीस्थित क्याम्पको पनि अनुगमन गरेको जनाएको छ । रासस