७ कार्तिक २०८३, शनिबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टौँडा, ७ असार । चितवनको पर्साबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प २५०४ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१०४ नम्बरको ट्रकले हेटौँडा नारायणघाट सडकखण्डको सुनाचुरीमा आज अपराह्न ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने मोटरसाइकल चालक चितवन जिल्लाको पिप्ले गाविस–५ बस्ने २२ वर्षीय विकास बड्तौला रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त मोटरसाइकलनमा यात्रा गर्ने अन्य दुई यात्रु पनि घाइते भई उपचारका लागि चितवनको मेडिकल शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस