७ कार्तिक २०८३, शनिबार

भूकम्पबाट प्रभावित सञ्चार माध्यमलाई सहुलियत दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fnjकाठमाडौँ, ७ असार । सूचना विभागले भूकम्पबाट प्रभावित सञ्चार माध्यमको वर्गीकरण र सरकारले उपलब्ध गराउने लोक कल्याणकारी विज्ञापनमा सहुलियत दिने तयारी गरेको छ ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका पदाधिकारीसँग आज छलफल गर्दै सूचना विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले भूकम्पका कारण रेडियो तथा टेलिभिजनलगायतका सञ्चार माध्यमलाई सहयोग गर्ने बताउनुभयो ।

उहाँले सञ्चार माध्यममले आयात गर्ने उपकरणमा भन्सार छुट दिने तयारी गरिरहेको उल्लेख गर्दै विपद्को समयमा सञ्चार क्षेत्रले पु¥याएको सहयोगको प्रशंसा गर्नुभयो ।

महानिर्देशक कोइरालाले भन्नुभयो, “भूकम्प गएपछि सरकारको साथमा पत्रकारसँगै राहत र उद्धारमा खटिएको थियो, विपद्पछि वातावरण सामान्य बनाउन ठूलो भूमिका निर्वाह गरेको थियो ।”

सो अवसरमा महासङ्घले भूकम्पका कारण सञ्चार माध्यममा भएको क्षति, प्रभावित पत्रकारको आवास निर्माण तथा बैंक सहुलियत ऋण उपलब्ध गराउन अनुरोध गरेको शाखाका सचिव रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

सचिव अधिकारीका अनुसार सिन्धुपाल्चोक, दोलखा र काठमाडौँबाट प्रसारण तथा प्रकाशन हुने सञ्चार माध्यमले त्यस्तो सहयोग पाउने छन् ।