चितवन । चितवनको चर्कौ घाममा कापी, कलम र क्यामरा बोकेर चितवनमा दौडने रवि अधिकारी यतिवेला दामनमा छन् । उनलाई चितवनको गर्मी छल्न साथ दिईरहेको छन् निर्देशक शोभित बस्नेत र टंक अधिकारीले ।
चलचित्र पत्रकार संघ चितवनका अध्यक्ष रहेका रविको शब्दमा रहेको ‘मेरो भागको खुशी नि तिमीलाई मिलोस’ गीतको सुटिङका लागि उनी दामन गएका हुन् । उनको गीत दामनमा मात्र नभई टिस्टुङ, पालुङ, काठमान्डौ सुटिङ भईसकेको छ । उनले गीत मात्रै लेखेनन् मोडलिङ समेत गरे । गीतमा उनले मोडल सुजाना ढकालसँग अनस्कृन रोमान्स गरेका छन ।
रविकै शब्दमा टंक बुढाथोकीको स्वर तथा सँगीत रहेको गीतमा रवि र सुजानाको अलवा बिक्रम कँडेल पनि छन् । भिडियोलाई फिल्म निर्देशक शोभित बस्नेतको निर्देशन गरेका हुन् । गीतलाई कृष्ण श्रेष्ठले खिचेका हुन ।
‘सधै अरुको अभिनय हेर्ने र समाचार लेख्ने मान्छे अहिले आफै अभिनयमा होमिएको छु’ रविले भने, ‘नौलो अनुभव लागिरहेको छ । अबका दिनमा कलाकारितामा नै केहि गरौं कि भन्ने पनि भएको छ ।’ आफ्नो अभिनयलाई दर्शकहरुले रुचाउनेमा आशावादी रहेको उनले सुनाए ।
त्यसो त उनले यसअघि पनि एक म्युजिक भिडियो र फिल्ममा समेत काम गरिसकेका छन । उनी अभिनित फिल्म नागरिक प्रदर्शन हुन बाँकी छ । अहिले पनि केहि फिल्महरुबाट अफर आइसकेको र मन परेको भुमिकामा अभिनय गर्ने उनले बताए । रवि फिल्मी पोर्टल नमस्तेफिल्मी डटकम र नमस्तेफिल्मी अनलाईन रेडियोका सञ्चालक हुन् ।
















प्रतिक्रिया