७ कार्तिक २०८३, शनिबार

श्रीमानले कान्छी श्रीमती ल्याउन हतारो गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ७ असार । कैलालीमा एक महिलाले आफ्नै दुई छोरीलाई विष खुवाएर हत्या गरी आफूले समेत आत्महत्याको प्रयास गरेकी छिन ।

छोरा नजन्माएको भन्दै कान्छी श्रीमती ल्याउने भनेर श्रीमानले दिनहुँ यातना दिन थालेपछि चौमाला गाविसमा एक आमाले आफ्नै दुई नाबालिका छोरीहरुलाई बिषादी सेवन गराउँदा मृत्यु भएको छ भने आफूले समेत बिषादी सेवन गर्दा बेहोस भएकी छिन् ।

चौमाला –३ बस्ने २६ बर्षीया रमिला नेपालीले आइतबार राति ४ बर्षीया छोरी भूमिका नेपाली र ६ महिनाकी रोसनी नेपालीलाई नाम खुल्न नसकेको बिषादी सेवन गराई आफुले समेत सेवन गर्दा असक्त भएकोले तीनैजनालाई अंचल अस्पताल धनगढी लगिएकोमा उपचारकै क्रममा दुई छोरीहरुको मृत्यु भएको हो ।

नेपालीको अवस्था बेहोस रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।