७ कार्तिक २०८३, शनिबार

काठमाडौंमा निजी विद्यालय अनुगमन, बढी शुल्क लिएको भेटिए ठाउँको ठाउँ कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ असार । निजी विद्यालयले गरेको शुल्क वृद्धिको सरकारी अधिकारी, विद्यार्थी नेता र अभिभावकसहितको टोलीले आजदेखि अनुगमन सुरु गरेको छ ।

पहिलो दिन आज काठमाडौँका विभिन्न निजी विद्यालयमा अनुगमन गरिएको छ । भोलिदेखि भक्तपुर, ललितपुरका साथै काठमाडौँ उपत्यका बाहिरका जिल्लामा समेत अनुगमन गरिने बताइएको छ ।

विद्यार्थी नेता युपी लामिछानेले विद्यालयमा शिक्षा निर्देशिका कार्यान्वयन भए÷नभएको, अनावश्यक शुल्क लिए/नलिएको तथा विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयनलगायतका विषयको अनुमगन गरिएको बताउनुभयो ।

अनुगमनप्रति आशङ्का व्यक्त गर्दै उहाँले भन्नुभयो, “औपचारिकताका लागि मात्र अनुगमनको कुनै औचित्य नभएकाले अनुगमनपछि गल्ती गरेको देखिएका विद्यालयलाई आवश्यक कारबाहीसमेत गर्नुपर्छ ।”

भूकम्पपछिको बिदा अवधिको ५० प्रतिशत शुल्क छुट दिन र शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन गर्न तयार भएपछि १३ विद्यार्थी सङ्गठनले यही असार १ गतेदेखि गर्ने भनिएको आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए ।

गत वैशाख ६ गते सरकार र अभिभावक तथा विद्यार्थी सङ्गठनबीच नयाँ शैक्षिकसत्रमा गरिएको शुल्क वृद्धि स्थगन गरी प्राविधिक अध्ययनपछि बढी देखिएमा फिर्ता गर्ने सहमति भएको थियो ।