७ कार्तिक २०८३, शनिबार

गौशालामा प्रहरीको लाठीचार्ज, ८ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-policeगौशाला, ६ असार । महोत्तरी बेलाका ११ जनाविरुद्ध डाँका मुद्दा दर्ता गरेको विरोधमा आज जलेश्वरमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट आठ जना घाइते भएका छन् ।

महोत्तरी बेलाका स्थानीयबासी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, दोषीमाथि कारबाही हुनुपर्ने र डाँका मुद्दा फिर्ता हुनुपर्नेलगायत माग गर्दै नारा जुलुसका साथ जिल्ला प्रशासन पुगेका थिए । सोही क्रममा उनीहरुमाथि प्रहरीले लाठी प्रहार गरेको थियो ।

लाठी प्रहारबाट बेलाका मेघा कुमारी, रामप्रगास मण्डल, जगनी दवी, शैलदेवी मण्डल, मन्जु देवी, जोगेन्द्र महतो, विक्रम महतो र रासविहारी राम घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । घाइतेमध्ये १० वर्षीया मेघा कुमारीको अवस्था गम्भीर छ ।

गत मङ्गलबार लुटपाट गरेको आरोपमा बेलाका बिन्दाकिशोर महतो, वृजलाल मण्डल, रामसकल महतो, रामचन्द्र मण्डललगायतलाई प्रहरीले पक्राउ गरी डाका मुद्दामा कारबाही अघि बढाएको थियो ।

उनीहरुले स्थानीय देवेन्द्र सिंहको घरबाट दिनदहाडै रु तीन लाख नगद, १२ तोला सुन र २० तोला चाँदीका गरगहना, एकथान साइकल र एउटा खसी लुटेर लगेको प्रहरीको आरोप छ ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार नगरेको बताउनुभयो ।