काठमाडौं, ७ असार । कोपा अमेरिका फुटबल प्रतियोगितामा समुह विजेता भन्दै ब्राजिल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
टिमका महत्वपूर्ण स्ट्राइकर नेयमारको सहभागिता विना नै ब्राजिल आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा भेनेजुएलालाई २–१ ले पराजित गर्दै कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलाडी विवादमा नेयमारमाथि चार खेलमा प्रतिबन्ध लागेपछि ब्राजिलले रोविन्होलाई टिममा राखेको थियो । खेलको नवौं मिनेटमा थिएगो सिल्भाले गोल गरेर ब्राजिलले अग्रता लियो । दोस्रो हाफको ५१ औं मिनेटमा रोवर्टो फिर्मिन्होले अर्काे गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
भेनेजुएलाले ८४ औं मिनेटमा एक गोल गरेपनि खेलमा फर्कन ढिला भइसकेको थियो । हारपछि भेनेजुएला समूह चरणबाटै बाहिरिएको छ ।
जितसँगै ब्राजिल ६ अंकका साथ समूह सीको विजेता बन्दै नक आउट चरणमा प्रवेश गरेको छ ।
अब क्वार्टरफाइनलमा ब्राजिलले समूह बीको उपविजेता पाराग्वेको सामना गर्नेछ ।















प्रतिक्रिया