२९ आश्विन २०८३, बिहिबार

बंगलादेशसँग फेरि हार्‍यो भारत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bangladesh-cricketकाठमाडौं, ७ असार । एकदिवसीय क्रिकेट प्रतियोगितामा बंगलादेशले भारत दोस्रो खेलमा पनि पराजित गरेको छ ।

दोस्रो चरणको खेलमा बंगलादेशले भारतलाई ६ विकेटले पराजित गरेको हो । घरेलु मैदान मीरपुरमा भारतले प्रस्तुत गरेको २०० रनको लक्ष्य बंगलादेशले ३८ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।

वर्षाका कारण ४७ ओभरमा झारिएको खेलमा भारतले २०० रन बनाएपनि डीएल मेथडको फाइदा उठाउँदै बंगलादेशले २०० रनको लक्ष्य सहजै पूरा गरेर दोस्रो खेलमा पनि जित आफ्नो पक्षमा पारेको हो ।

बंगलादेशका सकिब अल हसनले सर्वाधिक ५१ रन बनाए । सौम्य सरकारले ३४ र लिट्टन दासले ३६ रन जोडे । यसअघि टस जितेर मैदानमा उत्रिएको भारतले ४५ ओभरमा सबै विकेट गुमाएर २०० रनमा सीमित भएको थियो ।
भारतका लागि शिखर धवनले ५३ र कप्तान महेन्द्र सिंह धोनीले ४७ रन बनाए । सुरेश रैना ३४, विराट कोहलदी २३ रनमा पभेलियन फर्किए ।

ओपनर रोहित शर्मा, अम्बाती रायडू र अक्षर पटेलले खाता नै खोल्न सकेनन् । बंगलादेशका तीव्र गतिका बलर मुस्तफिजुर रहमानले सबैभन्दा बढी ६ विकेट लिए ।

पहिलो एकदिवसीयमा मुस्तफिजुर रहमानले ५ विकेट लिएका थिए, जुन खेलमा बंगलादेश ७९ रनले विजयी भएको थियो । यो जितसँगै बंगलादेशले तीन खेलको सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ ।

बंगलादेशसँग लगातार दुई खेलमा पराजित भएपछि भारतीय क्रिकेट टिमको कडा अलोचना गरिन थालिएको छ ।