७ कार्तिक २०८३, शनिबार

हत्या गर्न हिँडेको हतियारधारी समुह काठमाडौंमा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-attackकाठमाडौं, ६ असार । काठमाडौं उपत्यकामा विभिन्न व्यवसायी तथा उद्योगपतिको हत्या, चोरी डकैती तथा लुटपाट गर्ने योजना बनाई हतियार बोकी हिँडिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुलाई पेस्तोल २ थान, म्याग्जीन २ थान र गोली ३ राउण्ड सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मनमैजु बस्ने धादिङ लापा–५ का ३३ बर्षीय बेग बहादुर तामाङ्ग, जमल बस्ने सुनसरी महेन्द्रनगर–९ का २४ बर्षीय सम्राट राई, काठमाडौँ झोर बस्ने १९ बर्षीय सुनिल तामाङ्ग, धादिङ लापा–४ का २२ बर्षीय सन्देश तमाङ्ग, धादिङ निलकण्ठ–३ का २८ बर्षीय काजी श्रेष्ठ र धादिङ दार्खा–८ का २२ बर्षीय प्रेम गुरुङ्ग रहेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएकोे अनुसन्धान टोलीले शुक्रबार कलंकीबाट बेगबहादुर तामाङ्ग, सुनिल तामाङ्ग र सम्राट राईलाई पक्राउ गरको थियो भने सन्देश तामाङ्ग, काजी श्रेष्ठ र प्रेम गुरुङ्गलाई काठमाडौं र धादिङ्गको सिमानामा पर्ने चन्द्रागिरी नगरपालिका–५ झ्याप्ले खोलाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका सम्राट राईको काठमाडौँ महानगरपालिका–२९ ज्याँठा स्थित डेरा कोठाबाट प्रहरीको चुस्ता तथा ज्याकेटहरु समेत लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।