१८ कार्तिक २०८३, बुधबार

मध्यराति नेपालमा भूकम्पको धक्का (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ktm-Bhukampa

काठमाडौँ, ७ असार । राजधानीलाई केन्द्रबिन्दु बनाएर नेपालमा फेरि भूकम्प गएको छ ।

आइतबार मध्यराति १२ बजेर ३७ मिनेटमा लतिलपुरको झम्सिखेललाई नै केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो । उपत्यकामा भूकम्पको केहीबेर धक्का महसुस गरिएको थियो । ललितपुरमै केन्द्रबिन्दु परेका कारण काठमाडौँमा ठूलै धक्का महसुस गरिएको भूकम्प मापन केन्द्रका प्राविधिक अधिकृत उमेश गौतमले दैनिक नेपाललाई बताउनुभयो । नजिकै केन्द्रबिन्दु भएका कारण पनि धक्का महसुस भएको उहाँले बताउनुभयो ।ललितपुरमै केन्द्रबिन्दु भएर भूकम्प गएको बैशाख १२ गतेपछि यो दोस्रो हो ।

आइतबार साँझ ७ बजेर २६ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो ।