७ कार्तिक २०८३, शनिबार

लिटो वितरणबाट धर्म, सहयोगीलाई आशिर्वाद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lito-11 (2)

काठमाडौं, ६ असार । भूकम्प पीडित बालबालिकाहरु कुपोषणमा पर्ने सक्ने अवस्थालाई ध्यानमा राखी हालै नेपालीहरुको एक विश्वसंगठनको सहयोगमा काठमाडौंको साँखुमा पोषणयुक्त आहार लिटो वितरण गरिएको छ ।

नेपालका बालबालिकाहरुका लागि पोषण कार्यक्रम डब्लु एन ओ विश्वस्वयंसेवी विश्वसंगठनको अभियानलाई वल्र्ड नेवाः अर्गनाईजेशको सहयोगमा गत ३ गते साँखुको धुँला टोलमा लिटो वितरण गरिएको हो ।

स्थानीय समाजसेवी प्रविणराज श्रेष्ठको संयोजनमा गणेश प्राथमिक विद्यालयमा भूकम्प पीडित परिवारका दुधे बालबालिकाहरुको लागि २ सय ५० पाकेट लिटो वितरण गरिएको थियो । एनसीपीएनका नेपाल च्याप्टर ईन्चार्ज कविन श्रेष्ठका अनुसार लिटो वितरण कार्यक्रममा उपस्थित बालबालिकाका हजुरआमा हजुरबाहरुले धर्मको कार्य गरेको चर्चा गर्दै सहयोगीहरुलाई आशिर्वाद दिएका थिए ।

Lito-11 (1)

कार्यक्रममा केन्द्रीय प्रविधि क्याम्पस धरान पोषण विज्ञान संकाय प्रथम समूहका विद्यार्थीहरुको संगठन भूकम्प पीडित बालबालिकाहरुका लागि राहत कार्यक्रमकी अध्यक्ष तथा नेपालका लागि विश्वसंगठनकी सहजकर्ता सुप्रभा श्रेष्ठले लिटो बनाउने र खुवाउने तरिका सिकाएकी थिईन ।

उनले लिटो ६ महिनामाथिका बालबालिकाहरुलाई खुवाउन सकिने बताउदै लिटोमा भएको पोषण तत्वका बारेमा जानकारी दिएकी थिईन । श्रेष्ठले चाऊचाऊ लगायतका तयारी खानेकुराले बालबालिकाको स्वास्थ्यमा असर पुर्याउने भएकाले नखुवाउन सचेत समेत गराएकी थिईन् ।

भूकम्प पीडितहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुले राहत उपलब्ध गराएपनि ५ वर्षका मुनीका दुधे बालबालिकाहरु भने उपयुक्त आहार नपाउँदा पीडित भई रहेका छन् ।

डब्लु एन ओको सहयोगमा उपलब्ध गराईएको सो लिटो १ केजीको भएको र ५ वर्षका मुनिका दुधे बालबालिकालाई सामान्यतयाः एक हप्तासम्मलाई आहार हुने छ ।