७ कार्तिक २०८३, शनिबार

भूकम्प पीडित कुकुरलाई यस्तो सेवा, गरियो ७० हजार खर्च !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Animal-healtH-camp

काठमाडौं, ६ असार । वैशाख १२ को विनाशकारी भूकम्पपछि ठूलो मानवीय तथा भौतिक क्षति मात्रै भएन ।

भूकम्पका कारण हजारौं पशु चौपायाले पनि ज्यान गुमाए । अस्तव्यस्त बनेको मानवीय जीवनशैलीका कारण त्यसको असर घरेलु जनावरमा समेत परेको छ ।

भूकम्पले बसोबास लगायत बजार, व्यवसाय, अस्पताल, भेटेनरी समेत प्रभावित भएपछि मानिसको सामान्य दैनिकी संगै पशु चौपायाको नियमित स्वास्थ्य उपचार समेत प्रभावित भएको थियो ।

यही अवस्थालाई मध्यनजर गरेर टिम स्ट्याण्ड अप नेपालले घरपालुवा कुकुरका लागि एक दिने निशुल्क एनिमल्स हेल्थ क्याम्प सञ्चालन गरेको छ । स्पेनका नागरिक नोइलिया र महानगर एनीमल्स रिसर्च सेन्टर प्रालिको सहयोगमा जनावरका लागि स्वास्थ्य शिविर गरिएको टिम स्ट्यान्ड अप नेपालका संयोजक अर्जुन कार्कीले बताए ।

शनिबार विहान काठमाडौंको रानीबारी चोकमा संचालन गरिएको हेल्थ क्याम्पमा करिब ८० वटा कुकुरको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणका क्रममा भूकम्पका कारण रेबिज विरद्धको खोप लगाउन नपाएका कुकुरलाई निशुल्क भ्याक्सिनदेखि, अन्य औषधिउपचार गरिएको थियो । शिविरमा आएका कुकुरको औधधिउपचारमा करिब ६७ हजार खर्च गरिएको टिएसयुले जनाएको छ ।

भूकम्पले आफ्नै जीवनशैली अस्तव्यस्त भएकाबेला यसखाले क्याम्पले आफूहरुलाई निकै राहत मिलेको कुकुरको उपचारका लागि आएकी राधिका सिंखडाले बताइन् ।

८० जनाले आ आफ्ना कुकुरलाई लुतोको उपचारदेखि विभिन्न प्रकारका भ्याक्सिन र अप्रेशन सेवा समेत लिएको अभियानका सदस्य लक्ष्मी कार्कीले बताइन । आफ्नो अभियानले भूकम्पका कारण नियमित औषधिउपचार नपाएका पाल्तु कुकुरबाट मानिसलाई जोखिम कम गर्न सहयोग पुग्ने विश्वास लिइएको संयोजक कार्कीले बताए ।

मुलुकमा विनाशकारी भूकम्प गएलगत्तै स्वतस्फूर्त रुपमा पाँच जना युवा मिलेर भूकम्पपीडितको सहयोगका लागि टिम स्ट्यान्ड अफ नेपाल स्थापना गरेका हुन । हाल सात जना युवाहरुको सक्रियतामा भूकम्पपीडितको सहयोग गरिरहेको यो समूहले यस अघि धादिङको ज्यामिरे र नुवाकोटको थान्पिनका भूकम्प पीडितलाई करिब एक लाखको राहत सामग्री उपलब्ध गराएको टिएसयुका सदस्य सागर पोख्रेलले जानकारी दिए ।

१० हजार मानिसको ज्यान लिने गरी आएको भूकम्पमा परी २२ हजारभन्दा बढी मानिस घाइते भएका थिए । हजारौं पशुचौपायाको ज्यान गएको थियो भने, त्यतितै संख्यामा अंगभंग भएका थिए । सकुसल रहेका पाल्तु कुकुर, बिरालाहरुको भूकम्पका कारण नियमित स्वास्थ्य जाँच र भ्याक्सिन नपाएकाले त्यसलाई न्यूनिकरण गर्न आफूहरुले अभियान चलाएको टिम स्ट्यान्ड नेपालले जनाएको छ । आगामी दिनमा भूकम्प अतिप्रभावित दुर्गम क्षेत्रमा पनि खुला कुकुरका लागि स्वास्थ्य शिविर संचालन गर्ने पोख्रेलले बताए ।