२९ आश्विन २०८३, बिहिबार

साली-भिनाजूको नभएको सम्बन्धले यो के गर्‍यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sali-vinagu-1काठमाडौं । श्री दरबार साहिबको अगाडि शुक्रवार विष सेवन गरेर आत्महत्या गर्ने भिनाजू र सालीको एउटा यस्तो भिडियो सार्वजनिक भएको छ, जसमा दुबैले घटनाको सबै कारण खुलाएका छन् । उनीहरुले सँगै हुँदा गरेको कार्य र घर परिवारबाट उनीहरुसँग भएको व्यवहार, जसका कारण आत्महत्या गर्न बाध्य भए ।

दुबै जनाले आत्महत्या गर्नुपूर्व एउटा भिडियो बनाएका थिए, जसमा उनीहरुले भनेका छन् कि कसरी उनका घर परिवारले यस्तो हातलमा पु¥याए कि मर्नुको सट्टा उनीहरुसँग अर्काे कुनै विकल्प नै थिएन् ।

मृतक साली किरनदीपले भिडियोमा भनेकी छिन् कि–‘उनकी बहिनी र उनका परिवार मिलेर भिनाजूलाई कुटपिट गरेको आरोप लगाएर उनलाई दाइजो माग्न उत्प्रेरित गरेको र उनी आफ्नै दिदीको सौता बनेर भिनाजूसँग सल्किएको भन्ने आरोप लगाएपछि म यो अवस्थामा पुगे ।’

Sali-vinagu
मृतक साली भिनाजू

यता किरनदीपका भिनाजू अमृतपाल सिंहले भनेका छन् कि–‘मेरी पत्नीको मेरा बुबा (पत्निका ससुरा)सँग नाजायज सम्बन्ध थियो, जसका कारण मलाई मार्न पहिला पनि कोशिश गरिएको थियो, र आत्महत्या गर्न खोजेको आरोपमा मलाई केही समय जेल पनि पठाइयो ।

भिनाजू र सालीले भनेका छन् कि–‘घरबाट बाहिर निस्क्दिाँ परिवारका कारण भौतारिरहेका थिए, किनकि एकतर्फबाट उनीहरुलाई परिवारबाटै मार्ने हुन कि भन्ने डर थियो भने, दोस्रो तर्फ उनीहरुलाई डर थियो कि कतै पुलिसले समातिहाल्छ कि किनकि पुलिसले उनीहरुका पारिवारका सदस्यको उजुरीमा पहिला पनि पक्राउ गरेर उनीहरुलाई यातना दिएको थियो ।

दुबै जनाले भिडियोमा भनेका छन् कि–‘परिवार, समाज र पुलिसको डरले हामीसँग अब आत्महत्या गर्नुभन्दा अर्काे कुनै विकल्प बचेको थिएन् । र हामी पारिवारका सदस्यहरुको व्यवहारबाट दुःखी भएर यो निर्णयमा पुगेका हौं । यद्यपी यो भिडियो अमृतपालले आत्महत्या गर्नुभन्दा पहिला फेसबुक र यूट्यूबमा अपलोड गरेका थिए । यो घटना भारतको अमृतपुरको हो । एजेन्सी