७ कार्तिक २०८३, शनिबार

भिनाजूको कुटाईबाट सालाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, ६ असार । भिनाजूको कुटाईबाट कञ्चनपुरमा एक जनाको ज्यान गएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका पुनर्वास नगरपालिका–४ बस्ने ३५ बर्षीय जयबहादुर कार्कीको मृत्यु भएको हो । उनलाई असार २ गते राति उनकै ४० बर्षीय भिनाजु सोही ठाउँ बस्ने मानसिक सन्तुलन गुमेका तारानाथ रानाभाटले कुटपिट गर्दा गम्भीर घाइते भएकोले कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा शनिबार मृत्यु भएको थियो ।

सो घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले रानाभाटलाई बोराडाँडी सुधार गृहबाट पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।