७ कार्तिक २०८३, शनिबार

काँग्रेसको स्वयंसेवक टोली सिन्धुपाल्चोकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-flag_20150120101556

मेलम्ची, ६ असार । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख धनराज गुरुङको नेतृत्वमा ८० जनाको स्वयंसेवक  टोलीले सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं ३ मा मेलम्ची मिसन अभियान प्रारम्भ गरी विद्यालयको अस्थायी भवन निर्माणमा जुटेको छ ।

नेता गुरुङ नेतृत्वको टोलीले कुनै पनि निकायले भत्काउन नसकेका जोखिमयुक्त घर भत्काउने र विद्यालयमा अस्थायी टहरा निर्माण गर्ने एकहप्ते अभियान लिएर आएको बताइएको छ ।

भूमेश्वरी निमावि, डढुवा प्रावि, डढुवा र पञ्चकन्या मावि लागर्चेलाई १७ बन्डल जस्तापाता उपलब्ध गराई अस्थायी टहरा निर्माणमा सहयोग गरेको नेता गुरुङले जानकारी दिनुभयो । रासस