२९ आश्विन २०८३, बिहिबार

राप्रपा नेता ध्रुवबहादुर प्रधानले यसरी खाँदैछन् ‘खेल डे’का नाममा डलर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhurbabahadur-Pradhanकाठमाडौं, ६ असार । आधुनिक ओलम्पिक सुरु भएको अवसर पारेर हरेक वर्ष जुनको तेस्रो साता विश्वभर ओलम्मिक डेका नाममा कार्यक्रम आयोजना गर्ने गरिन्छ । यो काम अहिले नेपाल पनि भएको छ ।

तर नेपालको नियम र कानूनको पुरै खिल्ली उडाउने काममात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटीले गरेको छैन, ध्रुवबहादुर प्रधान नेतृत्वको यो कमिटीले ओलम्पिक डेको नाटक मञ्चन गर्दैै विदेशबाट आएको डलर झ्वाम पार्ने काम पनि गरिरहेको छ ।

विदेशबाट भूकम्पपीडितका नाममा कमिटीमार्फ आएको रकमको विषयमा अहिले छानबिन र सोधखोज भइरहेको छ ।

अहिले ओलम्पिक डेको नाममा पनि कार्यक्रमको फोटो विदेश पठाएर रकम असुल्ने काम धमाधम प्रधान नेतृत्वको कमिटीले गरिरहेको देशान्तर साप्ताहिकले छापेको छ ।

ओलम्पिक डे मनाउने नाममा प्रधानको कमिटीले नैतिक रुपमा आफूलाई निकै साथ दिन सक्ने शरदचन्द्र शाहका एकजना हनुमान विष्णुगोपाल श्रेष्ठलाई जिम्मेवारी दिएपछि अवैधानिक ओलम्पिक कमिटी भित्र पनि खैलबैला हुँदैछ ।