२९ आश्विन २०८३, बिहिबार

क्यानको अधिवेशन कात्तिकमा हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CAN

काठमाडौँ, ५ असार । नेपाल क्रिकेट सङ्घ (क्यान)को विधान संशोधन तथा निर्वाचन गर्न आगामी कात्तिक २० र २१ गते क्षेत्र नं ४ भैरहवामा अधिवेशन हुने भएको छ ।

असार ४ र ५ गते सम्पन्न भएको क्यानको तेस्रो वार्षिक साधारणसभाले चारवर्षे कार्यकाल समाप्त हुनु अगावै नयाँ कार्यसमितिका लागि निर्वाचन गर्ने निर्णय क्यानले गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक महासचिव तथा विधान संशोधन समितिका संयोजक उत्तमकुमार कर्माचार्यले जानकारी दिनुभयो ।

साधारणसभाले चारवर्षे कार्यकाल समाप्त भएका जिल्ला सङ्घलाई आफ्ना साधारणसभा यही १५ असोज सम्ममा सम्पन्न गर्न निर्देशन दिएको छ । सो दिनभित्र साधारणसभा नगर्ने सङ्घलाई क्यानले मान्यता नदिने निर्णय गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

त्यस्तै, जिल्ला तथा क्षेत्रका क्रिकेट मैदान संरक्षण, पुनःनिर्माणका साथै स्वामित्वका लागि क्षेत्रीय सङ्घकै मातहतमा राख्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग पहल गर्ने साधारणसभाले निर्णय गरेको छ ।

त्यसैगरी, साधारणसभाले आर्थिक वर्ष २०७२÷७३ का लागि रु १५ करोड छ लाखको बजेट सर्वसम्मतद्वारा पारित गर्ने निर्णय गरिएको क्यानले जनाएको छ । रासस