मुम्बई । बलिउडका सुपरस्टार सलमान खानलाई नचिन्ने सायदै होलान । उनी आफैमा एक सफल कलाकार हुन् ।
चलचित्र ‘बजरंगी भाईजान’को ट्रेलर सार्वजनिक भएसँगै अहिले सलमान निकै चर्चामा छन् । तर, चलचित्रको प्रदर्शन तनावले सलमान संकटमा परेका छन् । भारतीय फिल्मको बजार पाकिस्तान पनि हो ।
तर, अहिले भारत पाकिस्तानबीच चलिरहेको द्वन्द्वका कारण सलमानको फिल्म पाकिस्तानमा प्रदर्शन नहुने भएपछि उनी संकटमा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यती सम्मकी भारत र पाकिस्तानको बढ्दो दुश्मनीले सलमानको चलचित्र बजरंगी भाईजानको ट्रेलर हेर्न पनि पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ ।
चलचित्रमा भारत र पाकिस्तानको सीमाको विवादास्पद कुरा समेत उठाइएकाले पनि उनको चलचित्रलाई पाकिस्तानमा प्रतिबन्ध लगाएको समाचारमा जनाइएको छ । फिल्ममा पाकिस्तानलाई भारत विरोधी देखाएको भन्दै पाकिस्तानमा सलमानको खुलेरै चर्काे आलोचना भएको छ ।
जसका कारण पाकिस्तानमा सलमानको करियर र फिल्म संकटमा परेको जनाइएको छ । उनको फिल्म ‘बजरंगी भाईजान’ आउँदो क्रिसमसमा रिलिज हुँदै छ । एजेन्सी
यस्तो सलमानको फिल्म ‘बजरंगी भाईजान’को ट्रेलर (हेर्नुस् भिडियो)
https://www.youtube.com/watch?v=vyX4toD395U















प्रतिक्रिया