काठमाडौं । विहे नगरीकनै छोरी गर्भवती भएपछि गाउँमा बदनाम हुने डरले एकै परिवारका चार जनाले बाँधमा हामफालेर आत्महत्या गरेका छन् ।
गाउँकै एक युवकसँग प्रेमसम्बन्धमा रहेकी छोरीले अनैतिक सम्बन्ध राखी गर्भ बोकेको थाहा पाएपछि भारतको मध्यप्रदेश राज्यस्थित भोपाल निवासी एकै परिवारका सदस्यले शुक्रबार बिहान आत्महत्या गरेका हुन् ।
यो घटना घटना सहडोल जिल्लाको गोहपारू प्रहरी कार्यालय अन्तर्गतको मलमाथर गाउँमा बिहीबार राति भएको हो । प्रहरीका अनुसार खेतबारीमा मजदुरी गरी गुजारा चलाउँदै आएको आदिवासी परिवारकी १९ वर्षीया छोरी बिहै नै नगरी गर्भवती भएकी थिइन् ।
गाउँकै युवकसँग उनको प्रेम सम्बन्ध चलिरहेको रहेको थियो । युवतीसँग प्रेम गर्दै आएका भीमसेन नामका युवाले बिहे गर्न नमानेपछि यो परिवारले सामुहिक आत्महत्या गर्ने निर्णय लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शारीरिक सम्बन्ध राख्दा गर्भवती भएकी युवतीसँग प्रेमी भीमसेन सिंहले बिहे गर्न नमानेपछि गाउँ समाजमा बदनाम भएको भन्दै ४५ वर्षीय पिता रामभारत सिंह, उनकी पत्नी ४२ वर्षीय प्रेमबाई १४ वर्षीय छोरा विनोद सिंह र गर्भवती १९ वर्षीया छोरीले सामुहिक आत्महत्या गरेको भोपाल प्रहरीले जनाएको छ ।
घटनापछि भोपाल प्रहरीले युवतीका कथित प्रेमी भीमसेन र उनका बाबु दौलीलार्इ गिरफ्तार गरी हिरासतमा लिएर थप अनुसन्धान थालेको छ ।
दुबैजना विरुद्ध प्रहरीले यौन दुराचार र सिहं परिवारलार्इ आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा मुद्धा दर्ता गरेको छ । यो घटनामा छिट्टै फैसला हुने प्रहरीले बताएको छ । एजेन्सी













प्रतिक्रिया