३० आश्विन २०८३, शुक्रबार

सन्नी लियोनीका दर्शकलाई दुःखद खबर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunny-leon

मुम्बई । पोर्न स्टारको छवी लिएर बलिउडमा पाइला टेकेकी अभिनेत्री सन्नी लियोन दिन प्रतिदिन अप्ठेरोमा फस्न थालेकी छिन ।

अश्लील भिडियो सार्वजनिक गरेको अरोपमा दिनहुँ प्रहरीलाई वयान दिइरहेको घटना होस् । घरवेटी घरबाट निकालेको होस् । बलिउड कलाकारले चर्काे आलोचना गरेको होस् अथवा फिल्मको व्यापार घटेको घटना त उनका लागि अप्ठेरो बाटो बनिसकेको छ ।

तर अब सन्नी लियोनीको फिल्मलाई समेत भारतमा प्रतिबन्ध लगाउने ठूलो निर्णय गरिएको छ । यो उनका दर्शकका लागि दुःखद खबर हो ।

सनी लियोनको फिल्म ‘मस्तीजादे’ लाई सेन्सर बोर्डले सेक्सले फिल्म भरिएको र यस्ले समाजमा नराम्रो सन्देश दिने भन्दै प्रदर्शन अनुमति (सर्टिफिकेट) दिन अस्वीकार गरेको हो । खबर अनुसार फिल्म अश्लीलताले भरिएकाले रिलीज गर्नको लायक मानिएको छैन् ।

सर्टिफिकेट नपाएपछि फिल्म निर्माताले सन्नी लियोनीले खेलेका दृश्यहरु हटाउने मनस्थितीमा पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय सन्नी लियोनीलाई भारतमा सबैले ‘हेला’ गर्ने गरेका छन् ।

केही समय अघि सन्नी लियोनीलाई भारतमा अश्लीलता फैलाएको भन्दै देश निकाला गर्न माग समेत गरिएको थियो । एजेन्सी