– नरेश केसी
भैरहवा, ५ असार । भैरहवामा सञ्चालित अञ्चल स्तरीय तेक्वान्दो प्रतियोगितामा एसओएस बालग्राम लुम्बिनी प्रथम भएको छ ।
२९ औं अन्तर्राष्ट्रिय एसओएस दिवसको अवर पारेर आयोजित तेक्वान्दो प्रतियोगितामा १३ स्वर्ण पदक हात पार्दै प्रथम भएको खेल संयोजक कोशिस खड्काले बताए ।
तेस्रो एसओएस लुम्बिनी अञ्चल स्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा लुम्बिनी अञ्चलमा रहेका सबै जिल्लाका तेक्वान्दो खेलाडीहरुबीच प्रतिस्पर्धा भएको आयोजकले जनाएको छ ।
२४ टिमको सहभागिता रहेको प्रतियोगितामा ३ सय ५ जना खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एसओएस बालग्राम लुम्बिनी टिम फस्ट हुँदै १३ स्वर्ण, ३ रजत पदक हात पारको छ भने फ्याङ डोजाङ ३ स्वर्ण, ४ रजत र ३ कास्य हात पारी टिम सेकेन्ड हुन सफल भएको छ ।
भैरहवा डोजाङले २ स्वर्ण ६ रजत र २ कास्य जितेर तेस्रो भएको छ । एभरी बढी फिड सेन्टरले ३ स्वर्ण १ रजत र २ कास्य प्राप्त गरी टिम चौथो र हेभन्डली गाडेन किड्स क्याम्पसले २ स्वर्ण, ३ रजत र ३ कास्य जितेर पाँचौ हुन सफल भएको छ ।
प्रतियोगिता समापन कार्यक्रमाका प्रमख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले एसओएस बालग्रामले तेक्वान्दो खेलमा प्रदर्शन गरेको भुमिका उदाहरणीय भएको भन्दै निरन्तरता दिनुपर्ने मन्तव्य राखेको थिए ।

कार्यक्रममा रुपन्देही जिल्ला क्रिकट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लले रुपन्देही नेपालकै खेलकुद विकासमा अग्रपंतिमा भएको जिल्ला भएकाले यसको बिकासमा एसओएसले पनि भुमिका खेलेको बताए ।
पत्रकार तथा रासस भैरहवा प्रतिनिधि कमल रायमाझीले एसओएसले राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिता गरेर अझ आफ्नो गरिमा बढाउनुपर्ने भन्दै रुपन्देहीमा खेलकुद बिकासमा पत्रकार सधै अग्रपंतीमा रहेको बताए ।
समापन कार्यक्रममा तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिस खडका, तेक्वान्दो संघका रुपन्देही जिल्ला अध्यक्ष प्रकाशराज भण्डारी र तेक्वान्दो संघका नवलपरासी अध्यक्ष पवन केसीको उपस्थित रहेको थियो ।
असार ४ र ५ गते भएको कार्यक्रममा दिपेन्द्र बुढा प्रिती,रामु यादव,पराग दाश गोर्खाली र रामु बरुणले जुरीको भुमीका निभाएका थिए भने राजेश साहनी,सचिन रोक्का, शालु गुरुङ, दिपक न्यौपाने, डिमप्रसाद बराल, सञ्जय बिक, सुरेश पासवान, रामजी यादव, सुरज ढकाल र सुरेश जैसवाल प्रतियोगिताको निर्णाक रहेका थिए ।
एसओएस बालग्राम लुम्बिनीका सिनियर सेक्रेटरी अमृता उदासको अध्यक्षता स्वागत मन्तव्य एसओएस कै सिनियर काउन्सीलर इन्द्रा कुँवर र कार्यक्रमको सञ्चालन एसओएसका लेखा अधिकृत गोबिन्द ढकालले गरेका थिए ।
















प्रतिक्रिया