३० आश्विन २०८३, शुक्रबार

‘प्रिय सम्झेर तिमीलाई…’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sanjib-dhimal-songs (2)काठमाडौं । मोरङ बेलबारीका गायक सञ्जिव धिमालको ‘अनायस’ एल्बममा समावेश ‘सम्झेर तिमीलाई’ बोलको गीतको छायाँकन समाप्त भएको छ ।

पूर्वाञ्चलका रमणीय स्थलहरु इटहरी, धरान, भेडेटार लगायतका ठाउँहरुमा छायाँकन गरिएको भिडियोलाई जाकिर राजा र हेमन योञ्जनले निर्देशन गरेका छन् ।

रोजगारीको सिलसिलामा विदेशमा रहँदा आफ्नो परिवारको यादमा तड्पिएको भाव भिडियोमा समावेश गरिएको छ । गायक धिमालका अनुसार नेपालबाट विदेशीने नेपालीहरु धेरै भएकोले यो सबैमा लोकप्रिय बन्नेछ । गीतमा गायक धिमालकै शब्द संगित र स्वर रहेको छ ।

कोशी भिजन फिल्मस् प्रालिको ब्यनरमा निर्माण हुने भिडियोलाई सुमन योञ्जनले खिचेका हुन् । यस गीतमा मोडल तथा सञ्चारकर्मी सन्देश पौडेल, सञ्चारकर्मी सुमन कार्की र पुजा चौधरीले अभिनय गरेका छन् । सन्देशले यसअघि पनि चार वटा म्युजिक भिडियोमा अभिनय गरिसकेका छन भने सुमन थ्रीएटरका कलाकार हुन् ।

sanjib-dhimal-songs (1)

उनले धेरै स्टेजहरु तताई सकेका छन् । उनले म्यूजिक भिडियोमा समेत दमदार डेब्यू गरेका छन् । त्यस्तै पुजाले केही मौथिली फिल्ममा विशेष भुमिकामा आफ्नो अभिनय प्रस्तुत गरिसकेकी छन् ।

पूर्वाञ्चलमा रहेर सांगितीक क्षेत्रमा होमिएका गायक धिमालले केही समय अगाडी यसै एल्वमा समावेश शिर्ष गीत ‘हरायौ कि कहाँ’ को भिडियो पनि सार्वजनिक गरिसकेका छन् । ‘अनायस’ एल्बमका बाँकी गीतको भिडियो पनि क्रमश छायाँकन गरिने गायक धिमालले जानकारी दिए ।