
वुटवल । रोल्पाली गयाक कर्ण खड्का ‘अनुरागी’ को सुमधुर आवाजमा सजिएको ‘तिमीले माया मर्यौ र रोए’ बोलको गीतको म्युजिक भिडियोको बुटवलका विभिन मनोरम स्थानहरुमा छायाँकन गरिएको छ ।
खेमराज गाउँलेको शब्द तथा सागर अबिरल जिसीको संगीत रहेको गीतको भिडियोलाई हाँस्यकलाकारिता बाट सुरु गरि निर्देशनमा पनि जम्दै गरेका सुजन न्यौपानेले निर्देशन गरेका छन् । भिडियोलाई टंक केसीले आकर्षक तरिकाले क्यामेरामा कैद गरेका छन् ।
विरेन्द्र ओली, नैना बश्याल, साजन ओली र शोभा भण्डारीको अभिनय रहेको भिडियोमा दिनेश श्रेष्ठको मेकअप र बिकाश ज्ञवालीको सम्पादन रहनेछ । भिडियोको उत्पादन तथा वितरक अक्सिजन मिडिया प्रालिले गर्नेछ ।















प्रतिक्रिया